Nitrogen: A Global Challenge (Nepalese)

The University of Edinburgh
via edX

विश्वको जनसंख्या दश अर्ब पुग्न लागेसंगै खाद्य, पानी, जलवायु, उर्जा सुरक्षा जोखिममा छन्। यस अवस्थामा नाइट्रोजन हाम्रो लागी जीवन सहयोगी सिद्ध हुन सक्छ। हाम्रो प्रयास सही ठहरियो भन्ने अरबौंको पेट भर्नमा सघाउन सक्छ तर गलत भयो भने अबस्था झन नाजुक बनाउन सक्छ।

Save (0)
ClosePlease login

No account yet? Register

यो अवस्थालाई विनाशकारी तुफानको संज्ञा दिईएको छ । बढ्दो जनसङ्ख्या बिच खाद्यान्को असमान वितरण, जल र ऊर्जाको सिमितता र जलवायुका कारण तातेको पृथ्वीको यो अवस्था मिठो केकको माथि तितो स्वादको लेप लगाएको जस्तो ‘न टोक्नु न बोकनु’ को रूपमा देखापरेको छ । यी सबै विश्वव्यापी चुनौतीहरूबिच, नाइट्रोजनले महत्त्वपूर्ण समाधानको भूमिका खेल्न सक्छ। नाइट्रोजन के हो र यसले हाम्रो सम्पूर्ण मानव सभ्यतामा कति महत्त्वपूर्ण भूमिका खेल्छ, र आगामी दिनमा प्रकृति को यो सम्पदा हामीलाई कत्तिको फलदायी वा हानिकारक सिद्ध हुन सक्ला भन्ने विषयनै हाम्रो यस अध्ययनको उदेश्य हो।

नाइट्रोजनको कथा हामीलाई अनौठो खाल्को, भनौ दन्त्य कथा जस्तो, कथामा पानी एक्कासी रातो हुने र मानिसहरू निलो हुने खालको जस्तो लाग्न सक्छ । नाइट्रोजनको कथामा जल र वायु लाई मित्र र प्रदूषणलाई शत्रु मान्दै, एकादेशमा मासुको भोज भैरहेको र अर्को देशमा अनिकालको अवस्थाबारे बर्णन गरेको पाइन्छ । नाइट्रोजनलाई रसायन साश्त्रीहरुले पिरिओडीक टेबलको एउटा दिक्कलाग्ने कुनामा लगेर थन्काएर राखेकोअवस्था बाट उठेर, अब भने यो पुनरावलोकन गर्ने समय आएको छ |

तपाईं जुनसुकै पृष्ठभूमिबाट आएको भए तापनि, यस नवीनतम पाठ्यक्रमले तपाईंलाई नाइट्रोजन र विश्वव्यापी चुनौती सम्बन्धी मुख्य अवधारणाहरू सिकाउनेछ, जसले गर्दा तपाईं यसले प्रतिनिधित्व गर्ने चुनौती र अवसरहरूलाई अझ राम्ररी बुझ्न सक्नुहुन्छ । मुख्य विषयहरूमा खाद्य सुरक्षा, जलवायु परिवर्तन, वायु प्रदूषण, जल प्रदूषण, मानव स्वास्थ्य र अन्य शीर्षकहरू पर्दछन् ।

शिक्षण विधिकोरुपमा हामी एडिनबर विश्वविद्यालयको प्रणालीलाई आधारमानी सोहि माध्यमबाट सिक्न सक्दछौ । यस पाठ्यक्रमले नाइट्रोजनले मानव सभ्यतामा हुने जोखिमहरू अझै राम्रोसँग कसरी एकीकरण गर्न र मिलाउन सकिन्छ भनेर देखाउँदै यसको विश्वव्यापी चुनौतीहरूको लागि आकर्षक र विशेष दृष्टिकोण प्रदान गर्दछ ।

नाइट्रोजन र विश्वव्यापी परिवर्तनको अनुसन्धानमा दशकौंको अनुभव भएका प्रशिक्षकहरूद्वारा पढाइ हुने, यो संसारको पहिलो पाठ्यक्रम नाइट्रोजन क्षमता सम्बन्धी न्यूटन- भाभा भर्चुअल सेन्टरको अङ्गको रूपमा बेलायत र भारतको प्रमुख विशेषज्ञहरू बीचको सहकार्य हो ।

Instructor(s)

Andrea Moring, Dave Reay, Hannah Ritchie
The University of Edinburgh
via edX
Free (audit)
Paid Certificate Available
Estimated 5 weeks
Self paced
Introductory